Skip to content

ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सहसचिव पौडेलको संयोजकत्वमा समिति गठन

काठमाडौं । ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) बाट नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य सदस्यका रूपमा प्रतिनिधित्व गर्नेछन् । इन्जिनियर शिरिष पाण्डे पनि समितिको सदस्य रहेका छन् ।

मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवद्र्धन शाखाका वरिष्ठ डिभिजनल इन्जिनियर शालिकराम भण्डारीलाई समितिको सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

समितिले ऊर्जा क्षेत्रअन्तर्गतका परियोजनामा देखिएका नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी जटिलता पहिचान गर्नेछ । साथै, परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान तथा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र व्यावहारिक सहजीकरणका विषयमा मन्त्रालयलाई सुझाव दिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima