Skip to content

हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न सेबोनको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई प्रारम्भिक सार्वजनिक  (आईपीओ) निष्काशन गर्नका लागि स्वीकृति दिएको छ ।  बोर्डले असोज २० गते कम्पनीलाई आईपीओ निष्काशनसम्बन्धी विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको हो।
स्वीकृतिअनुसार कम्पनीले कुल ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ। आईपीओको निष्काशन मूल्य भने विवरणपत्रमा तोकिएअनुसार हुनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ । बोर्डबाट विवरणपत्र प्रकाशनको स्वीकृति पाएसँगै हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्काशन प्रक्रिया थप अघि बढेको छ।
आईपीओमा सर्वसाधारणले कति कित्ता सेयरका लागि आवेदन दिन पाउने तथा निष्काशनको मिति लगायतका विस्तृत विवरण कम्पनीले सार्वजनिक गर्ने विवरणपत्रमा उल्लेख हुनेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima