Skip to content

सेयर बजार घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । बुधबार सेयर बजार घटेको छ ।  बुधबार सेयर बजार मापक नेप्से परिसूचक ६.३८ अंक घटेर २५७२.३४ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।
सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयरमूल्य बढेको  छ।  आज यस कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशत बढेको हो ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो उच्च स्थानमा रहेको छ। यस कम्पनीको  ३२ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima