काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोता २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, आज चाँदी घटेर ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्