Skip to content

‘हाम्रो पात्रो-हाम्रो पे’ का ३ लाख ७३ हजारभन्दा बढी प्रयोगकर्ताको डाटा चोरी भएको दाबी

nabil
global ime

काठमाडौं । ‘हाम्रो पात्रो/हाम्रो पे’ का ३ लाख ७३ हजार ५६ जना प्रयोगकर्ताको डाटा चोरी भएको दाबी गरिएको छ ।

चोरी गरिएको भनिएको उक्त डेटाबेसलाई एक ह्याकरले डार्क वेब फोरममा ५ हजार अमेरिकी डलरमा बिक्रीका लागि राखेको दाबी गरिएको छ।

ह्याकरले बिक्रीमा राखिएको डेटाबेसको नमुनाका रूपमा केही विवरण जेएसओएन फाइल फर्म्याटमा सार्वजनिक गरेको बताइएको छ। सार्वजनिक गरिएको नमुनामा प्रयोगकर्तासँग सम्बन्धित व्यक्तिगत विवरणहरू समावेश रहेको दाबी गरिएको छ।

डाटा बिक्रीको पोस्टमा ह्याकरले आफ्नो टेलिग्राम आईडी र इमेल ठेगानासमेत उल्लेख गरेको देखिन्छ। साथै, कारोबारका क्रममा ठगी नहोस् भन्ने उद्देश्यले ‘मिडलम्यान सर्भिस’ उपलब्ध रहेको दाबी पनि पोस्टमा गरिएको छ।

यद्यपि, उक्त डाटा वास्तवमै ‘हाम्रो पात्रो/हाम्रो पे’ बाट चोरी भएको हो वा होइन भन्ने स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ। सार्वजनिक गरिएको नमुना वास्तविक प्रयोगकर्ताको डाटासँग मेल खान्छ कि छैन भन्ने विषयमा पनि आधिकारिक प्राविधिक पुष्टि आवश्यक छ।

डाटा चोरीको दाबी सत्य भएमा यसबाट ठूलो संख्यामा प्रयोगकर्ताको व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने देखिन्छ। यस्तो अवस्थामा सम्बन्धित सेवा प्रदायकले घटनाबारे तत्काल छानबिन गरी प्रयोगकर्ताको डाटा सुरक्षित रहेको वा जोखिममा परेको विषयमा स्पष्ट जानकारी दिनुपर्ने हुन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima