Skip to content

वाणिज्य बैंकका सञ्चालक र लेखा सुपरिवेक्षकसँग राष्ट्र बैंकको छलफल, गभर्नरले भने– कर्जा लगानीमा नयाँ उपाय खोज्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कर्जा लगानीका नयाँ उपाय खोज्न र बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न नवीन सोचका साथ अघि बढ्न वाणिज्य बैंकका सञ्चालक तथा लेखा सुपरिवेक्षकलाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंस्थित याक एन्ड यती होटलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेल, डेपुटी गभर्नर किरण पण्डितलगायत राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा वाणिज्य बैंकका सञ्चालक र लेखा सुपरिवेक्षकबीच छलफल भएको हो ।

छलफलमा बैंकिङ क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न परम्परागत कार्यशैलीमा मात्र निर्भर नभई बदलिँदो आर्थिक अवस्थाअनुसार कर्जा लगानीका रणनीति परिमार्जन गर्नुपर्ने विषयमा जोड दिइएको एक बैंकका सञ्चालकले बताए । कर्जा प्रवाहलाई प्रभावकारी बनाउँदै लगानीका नयाँ सम्भावना पहिचान गर्न र बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधान गर्न थप सक्रिय हुनुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकको धारणा थियो ।

बैंक तथा वित्तीय संस्थाको कामकारबाहीलाई थप प्रभावकारी बनाउने, कर्जा लगानीका वैकल्पिक उपाय खोज्ने तथा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने विषय पनि छलफलका क्रममा उठाइएको छ। बैंकिङ क्षेत्रमा देखिएका समस्या पहिचान गरी तिनको व्यावहारिक समाधान खोज्न सम्बन्धित पक्षबीच नियमित छलफल र समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima