काठमाडौं । नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब र मौलिक सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई समेट्ने लक्ष्यसहित सुरु गरिएको यस शृङ्खलाअन्तर्गत प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
पहिलो सिजनमा नौ कलाकार तथा सङ्गीत समूहको सहभागिता रहनेछ। जसमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्।
यस शृङ्खलामार्फत नेपाली सङ्गीत क्षेत्रमा नयाँ प्रयोग, फरक शैली र सिर्जनात्मक प्रस्तुतिलाई स्थान दिँदै नयाँ पुस्ताका कलाकारको प्रतिभा र आवाजलाई श्रोतामाझ पुर्याउने अपेक्षा गरिएको छ।
‘एक्स्ट्रिम म्युजिक सिरिज’ अन्तर्गत सार्वजनिक हुने गीत तथा तिनका भिडियो हेर्न दर्शक तथा सङ्गीतप्रेमीले युट्युबमा च्यानल सब्स्क्राइब गर्न सक्नेछन्।









प्रतिक्रिया दिनुहोस्