Skip to content

बुढीगण्डकीको बाढीले सल्लेरी बजारमा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाको सल्लेरी बजारमा क्षति पुगेको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार सल्लेरी बजारका साथै जगत बजारमा पनि क्षति पुगेको छ ।

स्थानीय प्रहरीले नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन गरेर सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।

बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima