Skip to content

घटस्थापनाको शुभ अवसरमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण 

काठमाडौं । नेपालमा जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखामार्फत २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ‘जेसीबी शुभारम्भ’ नाम दिएर उक्त कार्यक्रम आयोजना गरेको हो ।

घटस्थापनाको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार आयोजित कार्यक्रममा प्रत्येक मेसिनको विधिपूर्वक पूजा गरी टीका र माला अर्पण गरिएको थियो। त्यसपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा मेसिनको साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा केक काट्नुका साथै मिठाई वितरण गरिएको थियो। नयाँ मेसिन प्राप्त गरेका ग्राहकले मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए ।

ग्राहकलाई हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, एक्साभेटर तथा एग्रीम्याक्सलगायतका विभिन्न मोडेल रहेका छन् । कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रा।लि।का प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले घटस्थापनाको शुभ दिनमा नयाँ मेसिन हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गरे।

उनले भने, “घटस्थापनाको दिन हामी सबैले शुभकार्यको सुरुआत गर्छौँ। आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबी मेसिनसँगै आफ्नो व्यवसायको नयाँ यात्रा सुरु गर्नुभएको छ। हाम्रा लागि यो केवल मेसिन हस्तान्तरण मात्र होइन, २७ भन्दा बढी परिवार र व्यवसायको नयाँ सुरुआत पनि हो। हामीमाथि विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकप्रति आभारी छौँ।”

कम्पनीका अनुसार हस्तान्तरण गरिएका मेसिन विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण तथा कृषि क्षेत्रलगायतका काममा प्रयोग हुनेछन् । यी मेसिनले निर्माण तथा उत्पादनमूलक गतिविधिलाई गति दिनुका साथै देशको आर्थिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा जेसीबी मेसिनको बिक्री तथा सेवा प्रदान गर्दै आएको छ। देशभर फैलिएको आफ्नो सञ्जालमार्फत कम्पनीले हाल १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima