Skip to content

बागमती प्रदेशमा बैंक कर्जा वृद्धि ९.०१ प्रतिशतः कुल कर्जा २१ खर्ब ६९ अर्ब पुग्यो, कुन जिल्लामा कति ? 

काठमाडौं । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा ९.०१ प्रतिशतले वृद्धि भएको छ । २०८३ असार मसान्तसम्म सेवा क्षेत्रमा प्रवाहित कर्जा बढेर २१ खर्ब ६९ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा सेवा क्षेत्रमा प्रवाहित कर्जा १०.५५ प्रतिशतले वृद्धि भएको थियो । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये सेवा क्षेत्रको हिस्सा ५९.८६ प्रतिशत रहेको छ ।
सेवा क्षेत्रअन्तर्गत उपभोग्य क्षेत्रमा सबैभन्दा बढी १८.३७ प्रतिशतले कर्जा वृद्धि भएको छ । त्यस्तै, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १५.४४ प्रतिशत, पर्यटन क्षेत्रमा १०.२९ प्रतिशत, स्वास्थ्य तथा अन्य सामाजिक कार्यसम्बन्धी क्षेत्रमा ६.४४ प्रतिशत र शिक्षा क्षेत्रमा ६ प्रतिशतले कर्जा बढेको छ । यसैगरी, थोक तथा खुद्रा व्यापार क्षेत्रमा कर्जा प्रवाह ३.०८ प्रतिशतले वृद्धि भएको छ ।
तर, सेवा क्षेत्रका केही उपक्षेत्रमा भने कर्जा प्रवाह घटेको छ । घरजग्गा कारोबारसम्बन्धी क्षेत्रमा १.१५ प्रतिशतले तथा यातायात, भण्डारण र सञ्चार क्षेत्रमा ५.१५ प्रतिशतले कर्जा घटेको छ ।
समग्रमा सेवा क्षेत्रमा कर्जा प्रवाह बढे पनि अघिल्लो वर्षको तुलनामा यसको वृद्धिदर घटेको देखिन्छ । सेवा क्षेत्रमा कुल कर्जाको करिब ६० प्रतिशत हिस्सा रहेकाले यस क्षेत्रको कर्जा प्रवाहमा हुने परिवर्तनले प्रदेशको समग्र आर्थिक गतिविधिमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।
सेवा क्षेत्रअन्तर्गत प्रवाह भएको कर्जामा काठमाडौं जिल्लाको अंश सबैभन्दा बढी (७६.०२ प्रतिशत) र रसुवा जिल्लाको अंश सबैभन्दा कम (०.१० प्रतिशत) रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima