Skip to content

वाणिज्य बैंकले दुई महिनामा कमाए पौने १८ अर्ब, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार बैंकहरूले उक्त नाफा कमाएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले दुई महिनामा १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ ।

प्राइम कमर्सियल बैंकले १ अर्ब १४ करोड ८ लाख रुपैयाँ नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, एनएमबी बैंकले १ अर्ब ३ करोड २३ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

कुमारी बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । एभरेस्ट बैंकले ९८ करोड ४७ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ८९ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसैगरी, सिद्धार्थ बैंकले ८४ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकले ७४ करोड ४५ लाख रुपैयाँ र नेपाल बैंकले ७३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका छन् । हिमालयन बैंकले ५७ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ५५ करोड २५ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ५२ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, एनआईसी एसिया बैंकले ४९ करोड ९० लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४७ करोड ९० लाख रुपैयाँ, सिटिजन्स बैंकले ४७ करोड ४० लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima