Skip to content

माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २० गते १३औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट, केटरिङ एण्ड इभेन्ट्समा बिहान १०ः३० बजे सुरु हुनेछ। सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, पाँच जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमा निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima