Skip to content

विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लाभांश घोषणा गरेको छ ।

असोज २६ गते बसेको सन्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यस्तै कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यस्तै कम्पनीले कात्तिक १८ गतेका लागि दसौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा लाभांश पारितका साथै शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश गरिने जनाइको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । कात्तिक ९ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima