Skip to content

माछापुच्छ्रे बैंकका यी हुन् १८ ठूला सेयरधनी: संचय कोषदेखि बिरेन्द्र महतोसम्म

काठमाडौं । माछापुच्छ्रे बैंकमा १८ ठूला सेयरधनी रहेका छन् ।

बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी संचय कोषको रहेको छ । बैंकमा कोषको ९.२४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रेम कुमार केसीको ८.६९ प्रतिशत, सुरेन्द्र महतोको ७.७४ प्रतिशत, पीकेआर इन्भेष्टमेन्ट कम्पनी प्रालीको ६.०३ प्रतिशत, राम आशिष साहु सुडीको ४.२४ प्रतिशत, डा भर्मराज श्रेष्ठको २.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कृष्ण गोपाल श्रेष्ठको १.६४ प्रतिशत, बिरेन्द्र प्रसाद महतोको १.५८ प्रतिशत, कर्ण मोटर कर्प कम्पनी प्रालिको १.५१ प्रतिशत, रोशन केसीको १.४८ प्रतिशत,
किरण केसीको १.४८ प्रतिशत, प्रकाश केसीको १.२९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै जानकी इन्भेष्टमेन्ट एन्ड प्रेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत, एसोशिएट अटोमोबिल्स प्रालिको ०.८६ प्रतिशत, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ०.८६ प्रतिशत, पमेश्वर पोखरेलको ०.७२ प्रतिशत, श्री हिमालयन इन्टरप्राइजेजको ०.६१ र दिनेश लाल श्रेष्ठको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima