Skip to content

माछापुच्छ्रे बैंकको २८औँ साधारण सभा सम्पन्नः लाभांश पारित, सञ्चालक समितिमा को–को चयन भए ?

काठमाडाैं । माछापुच्छ्रे बैंकको २८औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा रोशन केसी, मुकुन्द महत र कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ ।

सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित भएका छन् । बैंक सञ्चालक समितिको बुधबार नै बसेको बैठकले अध्यक्षमा आगामी ४ वर्षका लागि पुनस् रोशन केसीलाई नै चयन गरेको छ ।

सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर हो ।

बोनस सेयर वितरण पश्चात बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्ष १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima