Skip to content

सेयर बजारमा हरियाली, १८८ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । आजको कारोबारमा बजार मापन गर्ने सूचक २१.३२ अंकले बढेर परिसूचक २६२१.२६ बिन्दु कायम भएको छ ।

कारोबारमा १८८ कम्पनीको मूल्य बढेको छ भने ८० वटा कम्पनीको मूल्य घटेको छ । कारोबारमा सबै उपसमूहका सूचकमा हरियाली देखिएको छ ।

जसले बजारमा हरियाली छाउन सहयोग गरेको छ ।

आज कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २६ करोड ४६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश: घलेम्दी हाइड्रो र लक्ष्मी सनराइज बैंक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima