काठमाडौं । प्रहरीले पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् ।
नेपाल प्रेसका पत्रकार सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई पक्राउ पुर्जी भने दिएइएको बताइएको छ ।
नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श सुरु गरेको समाचार प्रकाशित भएको थियो । त्यही विषयमा सोधपुछ गर्न पक्राउ गरिएको बताइएको छ ।
यस्तै आजै अर्का पत्रकार शोभराज बराललाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यस्तै अपराध कार्यालयको टोली अहिले नयाँ पत्रिका दैनिकको समाचार कक्षमा पुगेको छ ।
समाचार कक्षमा पुगेर सुरक्षा मामिलामा समाचार लेख्ने पत्रकार नवराज मैनालीलाई खोजी रहेको छ । प्रहरी मैनालीलाई पक्राउ गर्नका लागि नयाँ पत्रिकाको कार्यालय पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्