Skip to content

सेयर बजार घट्यो, कारोबार रकम भने बढ्यो

nabil
global ime
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ ।  शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ५.४५ अंक घटेर २६९०.१५ विन्दुमा झरेको छ।
सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ। आज म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
बेनी हाइड्रोपावर कम्पनीको सेयरमूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा आज लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T