Skip to content

इम्पेयरमेन्ट चार्ज घट्दा लक्ष्मी सनराइज बैंकको नाफा ९६.४१ प्रतिशतले बढ्यो

nabil
global ime

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आवको असोज मसान्तसम्मको तुलनामा ९६.४१ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही पहिलो त्रैमासमा बैंकको खुद नाफा ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ मात्र रहेको थियो । बैंकको सम्भावित कर्जा जोखिम बापत छुट्याइने कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको उल्लेख्य गिरावटको कारण बैंकको नाफामा बढेको हो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ३८.३६ प्रतिशतले घटेर १ अर्ब १९ करोड ६८ लाख १० हजार रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९३ करोड ९१ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी, बैंकको सञ्चालन मुनाफा ११२.९९ प्रतिशतले वृद्धि भई ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको हो ।

बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी भने १.६५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २ अर्ब ६७ करोड १ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

गैर–ब्याज आम्दानीतर्फ भने बैंकको खुद फि तथा कमिसन आम्दानी ४.५३ प्रतिशतले बढेर ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको पहिलो त्रैमासमा ६१ करोड ६८ लाख ३६ हजार रुपैयाँ थियो । खुद ट्रेडिङ आम्दानी ३२.८१ प्रतिशतले बढेर २८ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी १९ करोड ७० लाख रुपैयाँ रहेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकले कर्जा लगानी र निक्षेप परिचालन दुवैमा सुधार गरेको छ । गत आर्थिक वर्षको अन्त्य (२०८३ असार मसान्त) को तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप ३.५८ प्रतिशतले बढेर ४ खर्ब २४ अर्ब ३७ करोड ९६ लाख रुपैयाँबाट ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

सोही अवधिमा ग्राहक कर्जा प्रवाह ५.०० प्रतिशतले बढेर ३ खर्ब ५ अर्ब ८० करोड ३४ लाख रुपैयाँबाट ३ खर्ब २१ अर्ब ८ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । बैंकको कुल निष्कृय कर्जा (एनपिएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ५.४२ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ५.५८ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४६ पैसाबाट बढेर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ । सेयर बजारमा प्रतिसेयर मूल्य २७२ रुपैयाँ २० पैसा रहँदा बैंकको मूल्य आम्दानी अनुपात २७.८९ गुणा रहेको छ ।

हाल २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ, पुँजी पर्याप्तता अनुपात ११.९६ प्रतिशत र चालु आवको पहिलो त्रैमाससम्म वितरणयोग्य नाफा १४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T