Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ३ करोड ३४ लाख नाफा

nabil
global ime

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पहिलो त्रैमाससम्म आउँदा बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६२.०७ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घट्दा बैंकको नाफा घटेको हो । यसैगरी, बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) धेरै हुँदा पनि बैंकको नाफामा असर परेको हो ।

चालु आवको पहिलो त्रैमासमा बैंकको इम्पेयरमेन्ट चार्ज ६.११ प्रतिशतले सामान्य घटेर २१ करोड ५६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यवस्था २२ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी घट्दा बैंकको सञ्चालन मुनाफा ५७.६२ प्रतिशतले घटेर ५ करोड ३१ लाख ३८ हजार रुपैयाँमा झरेको छ । गत वर्ष बैंकको सञ्चालन मुनाफा १२ करोड ५३ लाख ८७ हजार रुपैयाँ थियो ।

चालु आवको पहिलो त्रैमासमा बैंकको आम्दानीको मुख्य आधार मानिने खुद ब्याज आम्दानीमा ७.१५ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ९१ लाख १६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ५० करोड ९८ लाख ६६ हजार रुपैयाँमा खुम्चिएको छ ।

यस अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब २१ करोड ६८ लाख रुपैयाँबाट घटेर १ अर्ब २ करोड ६६ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च ६६ करोड ७६ लाख रुपैयाँबाट घटेर ५१ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । उता गैर–ब्याज आम्दानीतर्फ भने खुद फि तथा कमिसन आम्दानी ४.७८ प्रतिशतले बढेर ६ करोड ३३ लाख ३७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ६ करोड ४ लाख ४७ हजार रुपैयाँ थियो ।

बैंकको अन्य सञ्चालन आम्दानी भने गत आवको ४ करोड २० लाख रुपैयाँको तुलनामा ९२।७४ प्रतिशतले घटेर ३० लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।

व्यवसाय विस्तारतर्फ तीन महिनामा बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य सुधार देखिएको छ । गत आवको (असार मसान्त २०८३) को तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप १.८२ प्रतिशतले बढेर ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँबाट ५७ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा ग्राहक कर्जा प्रवाह पनि २.९७ प्रतिशतले बढेर ४५ अर्ब ७३ करोड ९२ लाख रुपैयाँबाट ४७ अर्ब ९ करोड ६९ लाख रुपैयाँ कायम भएको छ ।

यस अवधिमा बैंकको कुल निष्क्रिय कर्जा (एनपिएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ६.८६ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ७.६४ प्रतिशत पुगेको छ । खराब कर्जा बढेका कारण कुल निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थाको कभरेज गत वर्षको ७६.२१ प्रतिशतबाट घटेर ६८.७३ प्रतिशतमा झरेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.९२ पैसाबाट घटेर ३.४५ पैसामा खुम्चिएको छ । बजारमा अन्तिम सेयर मूल्य ४२२.५० रुपैयाँ रहँदा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२२.४६ गुणा कायम भएको छ । हाल ३ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सांग्रिला डेभलपमेन्ट बैंकको प्रतिसेयर नेटवर्थ १५४.७१ रुपैयाँ  रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T