Skip to content

वाणिज्य बैंकमा बढ्दै निष्क्रिय कर्जाको चूनौती: सबैभन्दा कम एभरेष्टको, अन्य बैंकको कति ?

nabil
global ime

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा सन्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ४५.५९ प्रतिशतले बढेर १९ अर्ब १४ करोड पुगेको छ ।

वाणिज्य बैंकलाई नाफा बढेको खुसी जति छ, त्यो भन्दा बढी चूनौती बढ्दो निष्क्रिय कर्जाको रहेको छ । अहिले बैंकको निष्क्रिय कर्जा निकै बढिरहेको छ । २० बैंकमा १२ बैंकको निष्क्रिय कर्जा बढेको छ ।

बाँकी ६ बैंकको निष्क्रिय कर्जा भने घटेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार चालू आवको असोज मसान्तसम्म निष्क्रिय कर्जा ‌अौषतमा ०.७८ प्रतिशत बिन्दुले बढेको छ ।

बैंकहरुको निष्क्रिय कर्जा अौषतमा ५.६४ प्रतिशतमा पुगेको छ । गत आवको सोही अवधिमा ४.८६ प्रतिशत रहेको छ । अहिले बैंकहरुको निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढी रहेको छ ।

बैंकहरुका अनुसार असोज मसान्तसम्म ५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनेमा ८ बैंक रहेका छन् ।

असोज मसान्तसम्म सबैभन्दा बढी निष्क्रिय कर्जा प्रभु बैंकको रहेको छ । बैंकको निष्क्रिय कर्जा १४.८० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ५.७८ प्रतिशत रहेको थियो । यो अविधमा बैंकको निष्क्रिय कर्जा ९.०२ प्रतिशत बिन्दुले बढेको छ ।

यस्तै एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा २.८२ प्रतिशत बिन्दुले बढेर ९.८१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ६.९९ प्रतिशत रहेको थियो ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा २.२४ प्रतिशत बिन्दूले बढेर ८.८७ प्रतिशत पुगेको छ । यस्तै कुमारी बैंकको निष्क्रिय कर्जा ६.९८ प्रतिशतबाट १.७४ प्रतिशत बिन्दूले बढेर ८.७२ प्रतिशत पुगेको छ ।

हिमालयन बैंकको निष्क्रिय कर्जा ०.५९ प्रतिशत बिन्दूले बढेर ७.९८ प्रतिशत पुगेको छ । यस्तै प्राइम बैंकको निष्क्रिय कर्जा १.२९ प्रतिशत बिन्दुले बढेर ७.१५ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंकको निष्क्रिय कर्जा ०.०४ प्रतिशत बिन्दुले घटेर ६.८० प्रतिशत रहेको छ । लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा ०.१६ प्रतिशत बिन्दूले बढेर ५.५८ प्रतिशत पुगेको छ । बाँकी बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार एनएमबी बैंकको निष्क्रिय कर्जा ०.३४ प्रतिशत बिन्दुले बढेर ४.९२ प्रतिशत पुगेको
छ ।

कृषि विकास बैंकको निष्क्रिय कर्जा ०.०१ प्रतिशत बिन्दुले बढेर ४.७९ प्रतिशत, ग्लोबल आइएमई बैंकको निष्क्रिय कर्जा ०.१९ प्रतिशत बिन्दुले घटेर ४.७९ प्रतिशत, नेपाल बैंकको निष्क्रिय कर्जा ०.८८ प्रतिशत बिन्दुले घटेर ४.६१ प्रतिशत, नबिल बैंकको निष्क्रिय कर्जा ०.२५ प्रतिशत बिन्दुले घटेर ४.०६ प्रतिशत, माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.१६ प्रतिशत बिन्दुले घटेर ३.९७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशत बिन्दुले बढेर ३.८९ प्रतिशत रहेको छ ।

यस्तै सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ०.१० प्रतिशत बिन्दुले घटेर ३.७० प्रतिशत, नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा ०.१८ प्रतिशत बिन्दुले बढे‍र ३.१९ प्रतिशत, सानिमा बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत बिन्दुले घटेर २.८६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जा ०.१२ प्रतिशत बिन्दुले बढेर १.८३ प्रतिशत, एभरेस्ट बैंकको निष्क्रिय कर्जा ०.२४ प्रतिशत बिन्दुले घटेर ०.५० प्रतिशत रहेको छ । सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको रहेको छ ।

निष्क्रिय कर्जा बढ्दै जाँदा त्यसलाई घटाउन बैंकहरुले विभिन्न विकल्पमा काम गरिरहेका छन् । पछिल्लो समयमा देशको अर्थतन्त्र क्रमैसँग सिथिल बन्दै गएपछि बैंकहरुले ऋणीलाई कर्जाको सावाँ, ब्याज चुक्ता गर्नका लागि दबाब दिने भन्दा पनि फकाउने रणनीतिमा लागेका छन् ।

यतिबेला आवश्यकता अनुसार बैंकको उच्च तहका अधिकारीहरुले नै ऋणीको सम्पर्कसम्म पुग्ने र उनीहरुको पीर मर्का सुन्ने, कर्जा भुक्तानीका लागि भएको विकल्पहरु सुझाउने र ऋण असुलीमा लाग्ने थालेको एक बैंकर बताउँछन् । यसले कतिपय ऋणीहरुको असल नियत हुँदा हुँदै देशको आर्थिक गतिविधिका कारण समयमा नै कर्जाको साँवा, ब्याज भुक्तान गर्न नसक्दा पनि निष्क्रिय कर्जा बढेका बैंकरहरुको भनाइ छ । त्यस्ता ऋणीको समस्या बुझ्ने र विभिन्न विकल्प लगाएर कर्जा असुलीमा काम गरिरहेका बैंकहरुको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T