Skip to content

सम्भावित कर्जा नोक्सानी खर्च घट्दा एनआईएमबी बैंकको नाफामा छलाङ, अन्य सूचक कस्ता ? 

nabil
global ime
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
गत वर्षको तुलनामा बैंकको खुद नाफा २५२२ प्रतिशतले बढेको हो । सम्भावित कर्जा नोक्सानी खर्च (इम्पेयरमेन्ट चार्जेज) लागि छुट्याउनुपर्ने रकम घटेसँगै बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ।
गत आर्थिक वर्ष २ अर्ब ८० करोड ४ लाख ३१ हजार माईनसमा रहेको बैंकको इम्पेयरमेन्ट चार्जेज ६०.८१ प्रतिशतभन्दा धेरै घटेर १ अर्ब ९ करोड ७३ लाख ९३ हजार रुपैयाँ माईनसमा झरकेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको थियो। यसअनुसार बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएको छ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसनबाट ५९ करोड २१ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ रहेको छ।
बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिए पनि वितरणयोग्य नाफा भने ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँले ऋणात्मक रहेको छ। यसले बैंकको चालु अवधिको खुद नाफा र सेयरधनीलाई लाभांश वितरण गर्न उपलब्ध रकमबीच फरक रहेको देखाउँछ।
बैंकको निक्षेप संकलनमा १०.७५ प्रतिशतको वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
यता, बैंकको कर्जा प्रवाह भने ०.३३ प्रतिशतले मात्रै बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ रहेको कर्जा लगानी चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशत कायम भएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ०.५३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १३.८५ रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.८९ गुणा कायम भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T