Skip to content

नबिल बैंकको नाफा ४५.४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

nabil
global ime

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आउँदा बैंकको नाफा लगायतका सूचकहरु बढेको छन् ।

चालु आवको ३ महिनामा यस बैंकले २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा ४५.४ प्रतिशतले नाफा बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ७० लाख रुपैयाँमात्र नाफा कमाएको थियो ।

चालु आवमा बैंकको ब्याज आम्दानी बढेर कर्जा नोक्सानी घट्दा बैंकको नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख पुगेको छ । खुद शुल्क तथा कमिसन आम्दानी १५.१ प्रतिशत र खुद ट्रेडिङ आम्दानी ५५.३ प्रतिशतले बढेका छन्।

गत वर्षको पहिलो त्रैमासिकमा ६४ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेको बैंकले यस वर्ष १६ करोड ४० लाख मात्र छुट्याएको छ।

बैंकको कुल खराब कर्जा अनुपात ४.३१ बाट घटेर ४.०६ प्रतिशत झरेको छ .बैंकको निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको निक्षेप गत आवको अन्य असार मसान्तको तुलनामा ४.६ प्रतिशत बढी हो। सोही अवधिमा कर्जा ३.४ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १ करोड पुगेको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्ष २५.४९ बाट बढेर ३३.८९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २३३.९० छ। बैंकको पुँजीकोष अनुपात ११.६७ प्रतिशतमा छ।

बैंकको कोषको लागत गत वर्षको ४.१३ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ। आधार दर पनि ५.५८ बाट ४.४१ प्रतिशतमा आएको छ। ब्याजदर अन्तर (स्प्रेड) भने ३.५१ बाट घटेर ३.१७ प्रतिशत कायम छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशत छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T