काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा सुधार आएको छ ।
बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तको वित्तीय विवरण अनुसार राष्ट्रियस्तरका आठ विकास बैंकको नाफा ११३.२३ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहो अवधिमा यस्तो नाफा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म धेरै नाफा कमाउने पहिलो बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकले असोज मसान्तसम्म ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।
यस्तै मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले बढेर ३२ करोड २४ लाख २४ हजार रुपैयाँ रहेको छ ।
गरिमा विकास बैंकको नाफा ४.१७ प्रतिशतले घटेर २४ करोड १ लाख २४ हजार रुपैयाँ रहेको छ । कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढेर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
ज्योति विकास बैंकको नाफा १८४.५८ प्रतिशतले बढेर २० करोड १ लाख ६१ हजार रुपैयाँ रहेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २.६६ प्रतिशतले घटेर १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
महालक्ष्मी विकास बैंकको नाफा २१.४८ प्रतिशतले बढेर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ६२.०६ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सिमित भएको छ ।










प्रतिक्रिया दिनुहोस्