काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज दुई खेल हुँदैछ ।
आज पहिलो खेल अपराहन्न साढे १२ बजे कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुँदैछ । दोस्रो खेल साँझ ५ बजेदेखि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेको छ । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो । त्यस्तै काठमाडौं गोर्खाजले आफ्नो पहिलो खेल हारेको थियो । काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
चितवन राइनोजले यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुँदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो ।
सुदूरपश्चिम रोयल्सले ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ । सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो भने लुम्बिनी र विराटनगरसँग हार बेहोरेको थियो ।









प्रतिक्रिया दिनुहोस्