काठमाडौं । सरकारी कार्यालय खुल्ने समय आजदेखि १ घन्टा कम हुने छ ।
आजदेखि जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै खुला हुनेछन् ।
गृह मन्त्रालयका अनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ ।
यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो ।









प्रतिक्रिया दिनुहोस्