Skip to content

फेरुचेमा हेलिकप्टर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, घाइते २ जनाको मेडिसिटी अस्पतालमा उपचार हुँदै

nabil
global ime

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने पाइलट र एक जना विदेशी घाइते भएका छन् ।

उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएका २ जनाको उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा भारतीय नागरिक वसन्तकुमार बलरा माडु रहेका छन् । यस्तै भारतीय नागरिक शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T