Skip to content

बाढी पहिरोको असरले आम्दानी घट्दा कालिकञ्चोक दर्शन खुद नोक्सानीमा

nabil
global ime

काठमाडौं । लिकञ्चोक दर्शन कम्पनीले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस कम्पनी खुद नोक्शानीमा गएको छ ।

गत भदौको १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली क्षेत्रमा आएको बाढी पहिरोको असरले चालु आवको तीनमा महिनामा कम्पनीको मुख्य व्यावसायिक आम्दानीमा गिरावट आएको छ । जसको कारण कम्पनी नोक्शानीमा गएको हो ।

पहिलो त्रैमासमा कम्पनीले ४५ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ, जब कि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ३३ लाख ८६ हजार रुपैयाँ रहेको थियो।

कम्पनीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा यसले पर्यटन आगमनमा पारेको प्रत्यक्ष नकारात्मक प्रभाव पारेको कारण कम्पनीको वित्तीय अवस्थामा पनि असर परेको कम्पनीले जानकारी दिएको छ । बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटकहरूको आवागमन घटेको र कम्पनीको केबलकार तथा अन्य व्यावसायिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन नसकेको व्यवस्थापनले जानकारी दिएको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेर ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिमा ७२ लाख ८७ हजार रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफातर्फ पनि कम्पनी ६३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ। वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T