Skip to content

राष्ट्र बैंकका ९ निर्देशकको सरुवा, घिमिरे नियमनमा र पोखरेल लघुवित्त सुपरिवेक्षणमा

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ जना निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले विभिन्न विभागमा कार्यरत निर्देशकहरूको सरुवा गरेको हो ।

सरुवाअनुसार बैंक सुपरिवेक्षण विभागमा कार्यरत निर्देशक सुवाशचन्द्र घिमिरेलाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको राष्ट्र बैंक श्रोतले जानकारी दियो । यस्तै, सोही विभागका निर्देशक नारायणप्रसाद पोखरेललाई लघुवित्त सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ ।

लघुवित्त सुपरिवेक्षण विभागमा कार्यरत निर्देशक शैलेन्द्र रेग्मीलाई भने गभर्नर कार्यालयमा जिम्मेवारी दिइएको छ ।

यसैगरी, मुद्रा व्यवस्थापन विभागमा कार्यरत निर्देशक सुदीप फुयाललाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ । निर्देशक रमेश आचार्यलाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने सुशील पौडेललाई अनुसन्धान विभागमा पठाइएको छ ।

राष्ट्र बैंकले निर्देशक नीरा ताल्चाभडेललाई वित्तीय समावेशीकरण तथा उपभोक्ता संरक्षण महाशाखामा सरुवा गरेको छ । बैंकले कामु निर्देशक यज्ञ कटवाल र जतना शिल्पकारको विभागीय जिम्मेवारीमा समेत हेरफेर गरेको छ ।

राष्ट्र बैंकले विभिन्न विभागमा कार्यरत निर्देशकहरूको जिम्मेवारी परिवर्तन गर्दै विभागीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने गरी सरुवा गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T