काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । अपराहन्न साढे १२ बजेदेखि जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् ।
प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शिर्ष स्थानमा छ ।
चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा छ ।
दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमने सामने हुँदैछन् ।
जारी प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । काठमाडौं गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेर अहिले सातौं स्थानमा छ ।









प्रतिक्रिया दिनुहोस्