Skip to content

जीवन बीमा कम्पनीको व्यवसाय ५७ अर्ब ७२ करोड पुग्योः नेपाल लाइफ शीर्ष स्थानमा, अन्यको कति ?

nabil
global ime

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीहरूले ५७ अर्ब ५२ करोड २० लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म उक्त रकम बराबरको व्यवसाय गरेका हुन् ।

चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी नेपाल लाईफ इस्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले असोज मसान्तसम्म १४ अर्ब ७२ करोड ८९ लाख ६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी, व्यवसाय विस्तार सबैभन्दा धेरै गर्ने दोस्रो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा ७ अर्ब ३६ करोड २६ लाख ५ हजार रुपैयाँ यस्तो शुल्क आर्जन गरेको छ ।

यसैगरी, लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ५ अर्ब ४५ करोड ७८ लाख, हिमालयन लाईफ इन्स्यारेन्सले ५ अर्ब १५ करोड १३ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ र सुर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यसैगरी, एशियन लाईफले २ अर्ब ७८ करोड, सिटिजन लाईफले २ अर्ब ५२ करोड, सानिमा लाईफले २ अर्ब २४ करोड रुपैयाँ आइएमई लाईफ इस्योरेन्स कम्पनीले २ अर्ब १७ करोड र मेटलाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यसैगरी, रिलायबल लाईफ इन्स्यारेन्स कम्पनीले १ अर्ब ८५ करोड, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड रुपैयाँ र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ यस्तो बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T