Skip to content

कर्णाली सुदूरपश्चिमसँग ३९ रनले पराजित

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ३९ रनको सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो ।

कर्णालीका लागि डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा आक्रामक इनिङ खेलेका थिए ।

कर्णालीको सुरुवात भने निकै खराब रह्यो। पहिलो ओभरको दोस्रो बलमै अरिफुल इस्लामलाई शून्य रनमा गुमाएको कर्णालीले ३.२ ओभरभित्र दुवै ओपनर गुमाइसकेको थियो। मार्क वाटले नौ बलमा चार रन मात्रै बनाउन सके ।

त्यसपछि ब्याटिङमा आएका मिलरले एकातिरबाट लगातार रन जोडिरहे पनि उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। दीपक डुम्रेले १८ रन बनाउँदा पवन सर्राफले ५ र हुसैन तलातले एक रन मात्रै जोडे ।

पावरप्लेमा तीन विकेट गुमाएर ३५ रन बनाएको कर्णालीले १० ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा ५० रन मात्रै बनाएको थियो। उक्त समयमा टोलीलाई जितका लागि निकै कठिन रनरेट आवश्यक थियो ।

कप्तान सोमपाल कामीले पनि उल्लेख्य योगदान दिन सकेनन् । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले १७ बलमा आठ रन बनाएर आउट भए । उनलाई अभिनाश बोहराले पभेलियन फर्काए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगलेइनले सर्वाधिक दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, अनिल खरेल, हेमन्त धामी, अभिनाश बोहरा र थारिन्दु रत्नायकेले समान एक विकेट लिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T