काठमाडौं । पर्साको पकाहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।
प्राप्त जानकारीअनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा पटकाबाट निस्किएको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो। छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारका लागि पुर्याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।









प्रतिक्रिया दिनुहोस्