Skip to content

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल

nabil
global ime

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आज रैथाने मेलाको अवलोकनका क्रममा सभामुख अर्यालले रैथाने बालीको प्रवर्द्धनमा सरकारले अझ ध्यान दिनुपर्ने बताए ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले किसानलाई उत्पादनसँगै त्यसको प्रचारप्रसार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत सरकारी संस्थान र सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख अर्यालले यस्ता मेला काठमाडौँमा मात्र सीमित नगरी देशका ठूला सहर तथा बजारहरूमा विस्तार गर्नुपर्ने धारणासमेत व्यक्त गरे ।

नियमित रुपमा मेला आयोजना गर्दा किसानले आफ्ना उत्पादन उपभोक्तासमक्ष पुर्याउने अवसर पाउनुका साथै नागरिकले देशका विभिन्न क्षेत्रका रैथाने उत्पादनबारे जानकारी पाउने उनको भनाइ थियो ।

सभामुख अर्यालले काठमाडौं उपत्यकाका उपभोक्ताका लागि स्थानीय उत्पादन परिचित भए पनि दुर्गम तथा बाहिरी जिल्लाका उत्पादनको प्रदर्शनीले नयाँ बजार र उपभोक्तासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले मेला अवलोकनका क्रममा सरकारी स्टलहरूमा समेत प्लास्टिकका झोला प्रयोगमा ल्याइएकाले अबदेखि त्यसो नगर्न र सरकारी उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख गर्न सुझाव दिए ।

नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित शनिबारदेखि यहाँ सुरु भएको तीनदिने मेला आज समापन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T