Skip to content

एनपिएल:  पोखरा एभेन्जर्सले टस जित्यो, कर्णाली याक्सविरुद्धको खेलमा ब्याटिङ गर्दै

nabil
global ime
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्ततर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा पोखराले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
पोखराल यसअघि ४ वटा  खेल खेलेकामा सबैमा पराजित भएको थियो । पोखरा सुदूरपश्चिमसँग ६ विकेट र  जनकपुरसँग ९ रनले पराजित भएको थियो । त्यसैगरी पोखरा लुम्बिनी लायन्ससँग ८ विकेट र  चितवनसँग ३० रनले पराजित भएको थियो ।
 अर्कातर्फ कर्णाली पनि पोखरालाई हराउँदै जित निकाल्न कोसिस गरिरहेको छ । प्रतियोगितामा समान ४ खेल खेलेको कर्णालीले २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T