Skip to content

दैलेखमा बिरामी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

nabil
global ime

काठमाडौं । दैलेखमा बिरामी लिएर सुर्खेत जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान कालिकोटबाट अक्सिजन सिलिन्डरसहित बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको जीप दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा कालिकोटको सान्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप बिहान करिब साढे ५ बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो । घटनामा जीप चालक सान्नित्रिवेणी-७ का २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन् ।

त्यस्तै, सान्नित्रिवेणी–६ की ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि घाइते भएका छन् । उनीहरू सबैको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै सबै घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T