Skip to content

पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

nabil
global ime

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको छ ।
खेलमा युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्काको मदतमा १०० रन बनाए । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । कुशल भुर्तेलले ३९ बल खेल्दै ७ छक्काको सहयोगमा ६२ रन बनाए ।

कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । यस्तै मार्क वाटले १ विकेट लिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T