Skip to content

छठ पूजाका लागि बेहुलीझैँ सजियो राजधानीको कमलपोखरी (तस्बिरहरू) 

nabil
global ime
काठमाडौं । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि राजधानीको कमलपोखरीलाई बेहुलीझैँ सिँगारिएको छ। पर्वलाई लक्षित गरी पोखरी परिसरमा सरसफाइ तथा सजावट गरिएको छ। रंगीन बत्ती र आकर्षक सजावटले कमलपोखरी झकिझकाउ बनेको छ।
कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाना खाएर व्रतालुहरूले छठ व्रत सुरु गरेका थिए। छठ पर्व नसकिएसम्म व्रतालुहरूले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोलगायतका खाद्यपदार्थ सेवन गर्दैनन्।
मनोकामना पूरा हुने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामनासहित विशेषगरी महिलाहरूले कठोर व्रत बस्ने गर्छन्। मिथिला संस्कृतिमा आधारित छठ पर्व पहिले तराई क्षेत्रमा बढी प्रचलित भए पनि २०४६ सालपछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T