काठमाडौं । साहस ऊर्जाको नाफामा उल्लेख्य सुधार आएको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आर्थिक बर्षको असोज मसान्तसम्मको वित्तीय अवस्था अनुसार नाफा २१.०६ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको नाफा ५९ करोड ९१ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीले विद्युत् बिक्री गरेर ९५ करोड ३८ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोहो अवधिको तुलनामा ३.१६ प्रतिशतले धेरै हो ।
यस्तै कम्पनीको प्रति सेयर आम्दानी ५२.४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९३.७१ रुपैयाँ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्