काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सञ्चालित सीजी इम्पेक्स प्रालि आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापार क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी बनेको छ । आन्तरिक राजस्व विभागले कर दिवस २०८३ को अवसरमा कम्पनीलाई उक्त विधामा उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।
मंगलबार आयोजित कर दिवस विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका अध्यक्ष निर्वाण चौधरीलाई विशेष कदरपत्र प्रदान गरे ।
सन् २००४ मा स्थापना भएको सीजी इम्पेक्समा निर्वाण चौधरीको ८५ प्रतिशत र वरुण चौधरीको १५ प्रतिशत सेयर स्वामित्व छ ।
कम्पनीले स्थापनादेखि नै नेपालका लागि एलजी ब्रान्डका इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेसको एकल आधिकारिक आयातकर्ता तथा वितरकका रूपमा काम गर्दै आएको छ ।
त्यस्तै, सन् २००६ देखि आफ्नै ब्रान्ड सीजीका उत्पादनसमेत बजारमा उपलब्ध गराउँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्