काठमाडौं । रेमिट्यान्स कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा आईएमई लिमिटेड सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले कम्पनीलाई सम्मान गरेको हो।
मंगलबार आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आईएमईलाई सम्मान प्रदान गरेका थिए। उक्त सम्मान आईएमई ग्रुपका प्रबन्ध निर्देशक तथा आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले ग्रहण गरेका हुन्।
यस सम्मानसँगै आईएमईले रेमिट्यान्स क्षेत्रको अग्रणी कम्पनीका रूपमा आफ्नो व्यावसायिक योगदानसँगै राज्यको राजस्वमा पुर्याएको योगदानलाई समेत स्थापित गरेको छ।









प्रतिक्रिया दिनुहोस्