Skip to content

सिटी होटलबाट बाहिरिँदै कुमुद गोल्याण, ६ लाख ५० हजार कित्ता सेयर बेच्दै

nabil
global ime

काठमाडौं । सिटी होटल लिमिटेडका संस्थापक सेयरधनी कुमुद गोल्याणले आफ्नो स्वामित्वमा रहेको ६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका अनुसार गोल्याणले नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशनअनुसार उक्त सेयर बिक्री गर्ने आशयसहित कम्पनीमा निवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बेला कायम रहेका आधारभूत सेयरधनीले लकइन अवधि समाप्त भएपछि आफूले धारण गरेको कुल सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा कम्तीमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार गोल्याणले ६ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T