Skip to content

सोनापुर मिनरल्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

nabil
global ime

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले मंसिर २३ गतेका लागि १९औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा होटल माला इन, घोराहीमा हुनेछ ।

कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभामा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव गर्ने जनाएको छ ।

सभा प्रयोजनका लागि मंसिर १० गते बुकक्लोज गर्ने जनाएको छ । मंसिर ९ गतेसम्म कायम रहेका सेयधरनीले लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T