काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले पूँजी बजारमा लगानीकर्ताको सूचनामा पहुँचलाई थप सहज, एकीकृत र पारदर्शी बनाउने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
अब निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक (मर्चेन्ट बैंक) तथा सेयर रजिस्ट्रारहरूले सी–आस्वा प्रणाली प्रयोग गरी सार्वजनिक निष्कासन तथा विभिन्न कर्पोरेट सूचनाहरू सिधै ‘मेरो सेयर’ प्लेटफर्ममा प्रकाशित गर्न सक्ने भएका छन् ।
यस व्यवस्थासँगै अब प्राथमिक सेयर (आईपीओ), हकप्रद सेयर, बोनस सेयर, लाभांश वितरण, ऋणपत्र फिर्ता तथा संस्थापक सेयरको ‘लक–इन’ सम्बन्धी सम्पूर्ण विवरणहरू लगानीकर्ताले सिधै मेरो सेयरमार्फत एकै ठाउँमा हेर्न पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्