Skip to content

सुनको मूल्य साढे ६ हजार रुपैयाँले घट्यो, चाँदीको मूल्य कति ?

nabil
global ime

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला केही दिनयता निरन्तर ओरालो लागेको सुनको मूल्य मंगलबार भने सामान्य बढेको थियो । तर, बुधबार पुनः घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपाली बजारमा समेत त्यसको प्रभाव परेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T