Skip to content

चिरख्वा हाइड्रोपावरबाट बाहिरिँदै डम्बरबहादुर कार्की, ५६ हजार कित्ता सेयर बिक्री गर्ने

nabil
global ime

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी डम्बरबहादुर कार्कीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । उनले आफ्नो स्वामित्वमा रहेको ५६ हजार कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार कार्कीले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् ।

कार्कीले बिक्री गर्न चाहेको ५६ हजार कित्ता सेयर कम्पनीको कुल सेयर स्वामित्वको कति प्रतिशत हो भन्ने विवरण भने सूचनामा खुलाइएको छैन।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१०) तथा नेपाल धितोपत्र बोर्डको मिति २०८३ भदौ ९ गतेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा पाँच कारोबार दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम कम्पनीले सेयर बिक्रीको मनसायसम्बन्धी जानकारी सार्वजनिक गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T