काठमाडौं । यामाहा नेपालले आफ्नो दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस अभियानमार्फत यामाहाले देशभरका ग्राहकहरूलाई आकर्षक नगद पुरस्कार तथा विभिन्न उपहार जित्ने अवसर प्रदान गर्दै चाडपर्वलाई अझ विशेष र उत्साहजनक बनाएको छ ।
यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले यामाहासँग जोडिएको स्वामित्वको खुसीलाई चाडपर्वको उत्सवसँग जोडेको छ । अभियानको ग्रान्ड प्राइज विजेता बुटवलकी श्रीमती सरस्वती खनाल रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड खरिद गरेपछि १०.३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
ग्रान्ड प्राइजसँगै देशभरका हजारौँ ग्राहकहरूले १० हजारदेखि १० लाख रुपैयाँसम्मका आकर्षक नगद पुरस्कार जितेका छन्। यसका साथै, अभियानअन्तर्गत साप्ताहिक विजेताहरूलाई एप्पलका आकर्षक ग्याजेटहरू प्रदान गरिएको थियो । अभियान अवधिभर १० हजारभन्दा बढी ग्राहकहरूले यी ग्याजेटहरू जित्न सफल भएका छन् । कुल १ लाखभन्दा बढी दर्ता प्राप्त गर्दै यस अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक सहभागिता पाएको थियो।
यसैगरी, पोखराका तेज बहादुर थापाले पोखरास्थित यामाहाको आधिकारिक शोरुम भीएडब्ल्यू इन्टरप्राइज प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड खरिद गरेपछि ब्रान्ड न्यू यामाहा आर९१५ एस जितेका छन् । उनको जितले अभियानमा थप उत्साह थप्नुका साथै यामाहा खरिदको अनुभवलाई अझ विशेष बनाएको छ।
नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलरहरूको सञ्जाल रहेको यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटरहरू देशभरका ग्राहकहरूमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको छ। यामाहाले आफ्नो ३ एस सुविधा अर्थात् सेल्स सर्भिस र स्पेरे पाटर्स मार्फत सवारीसाधन खरिददेखि भरपर्दो बिक्रीपछिको सेवा तथा सक्कली स्पेयर पार्ट्ससम्मको सम्पूर्ण सुविधा प्रदान गर्दै आएको छ। गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका साथ यामाहाले नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै आएको छ।









प्रतिक्रिया दिनुहोस्