Skip to content

सेयर बजार घट्यो, कारोबार रकममा सुधार

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आज सेयर बजार मापन नेप्से परिसूचक २६.९१ अंकले २६४९.५२ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।

सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने गत बिहीबारको तुलनामा बढेको छ। गत बिहीबार ६ अर्ब ६६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। आज लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ। यसैगरी, आज बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime