Skip to content

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि दिल्लीमा

नयाँ दिल्ली। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका क्रममा दिल्ली आइपुगेका छन्। उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित भएर उनको स्वागत गरेका थिए।

दुवै नेताले हात मिलाउँदै र आलिङ्गन गर्दै आपसी आत्मीयतापूर्ण अभिवादन गरेका थिए। औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी रराष्ट्रपति पुटिन एउटै गाडीमा सवार भएर ७ लोक कल्याण मार्गस्थित प्रधानमन्त्रीको सरकारी निवासतर्फ प्रस्थान गरेका थिए।

राष्ट्रपति पुटिन ५ डिसेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्। पुटिनकोआगमनअघि नै रूसका उप–प्रधानमन्त्री डेनीस मान्तुरोभ, रक्षा मन्त्री सेर्गेई शोइगु लगायत उच्चस्तरीय अधिकारीहरू दिल्ली पुगेका छन्।

दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ। यो भारत–रूस बैठक त्यस्तो समयमा हुँदैछ जब विश्व राजनीतिमा तीव्र परिवर्तन भइरहेकाछन्। युक्रेन युद्ध, पश्चिमी मुलुकहरूसँग रूसका बढ्दो तनाव तथा एशियाली भू–राजनीतिक समीकरणका कारण यो भेटवार्ता झनैमहत्त्वपूर्ण बनेको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पुटिनको स्वागत गर्दै लेखेका छन्, “म भारत आगमनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा खुशी छु। आज साँझ र भोलि हुने हाम्रो बैठकको प्रतीक्षा छ। भारत–रूसमित्रता समयको परीक्षामा खरो उत्रिएको छ, जसले दुवै देशका जनतामा सकारात्मक प्रभाव पारेको छ।”

यसैगरी रूसको परराष्ट्र मन्त्रालयले पनि सामाजिक सञ्जालमार्फत राष्ट्रपति पुटिनको भारत आगमन तथा प्रधानमन्त्री मोदीले गरेकोआतिथ्यपूर्ण स्वागतबारे जानकारी दिएको थियो।

रूसी मन्त्री सेर्गेई चेरेमिनले टिप्पणी गर्दै भने, “भारत र रूसबीच आज विशेष र रणनीतिक साझेदारी छ। दुवै देशका व्यवसायी, विशेषगरीसाना तथा मध्यम उद्योगहरूका लागि नयाँ अवसरहरू खोज्नु आवश्यक छ।”

पुटिनको भ्रमणअघि आयोजित अनलाइन पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस–चीन सम्बन्ध ‘सीमाभन्दापर’ रहेको बताए। भारतसँग पनि रूसको यस्तै दृष्टिकोण रहेको उल्लेख गर्दै उनले भने, “भारत कति अगाडि बढ्न इच्छुक छ भन्नेमा नै हाम्रोसहकार्यको स्तर निर्भर गर्दछ।”
उनका अनुसार भारतमाथि रूससँगको सम्बन्धका विषयमा बाह्य दबाब रहेको छ, र यस्तो अवस्थामा दुवै देशले द्विपक्षीय व्यापार तथासम्बन्धलाई सुरक्षित राख्न विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता छ।

पेस्कोभले थपे, “हामी बुझ्छौँ कि भारतमाथि दबाब छ। त्यसैले दुवै देशका सम्बन्ध कुनै तेस्रो देशको प्रभावबाट मुक्त हुनुपर्नेछ। आपसीहितका लागि व्यापार र सहकार्यलाई सुरक्षित राख्नु अपरिहार्य छ।”

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi