Skip to content

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन, कसले कहिलेसम्म पाउँछ आवेदन दिन ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको हो ।

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा २५ गतेसमम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिन सकिने छ ।

साधारण सेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोडको १०.१४ प्रतिशत अर्थात १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता मध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । साधारण शेयरको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता साधारण शेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो ।

कम्पनीको सेयर लगानीकर्ताहरूले प्रति कित्ता ८२०.८० रुपैयाँका दरले आवेदन दिन सक्नेछन् । कम्पनीले बुकबिल्डिंग विधि मार्फत आईपीओ निष्कासन गरेको हो ।

बुकबिल्डिंग विधि अन्तर्गत जारी गरिएको आईपीओमा कटअफ मूल्य तोकिएको हुन्छ । योग्य संस्थागत लगानीकर्ताहरूका लागि कटअफ मूल्य ९१२ रुपैयाँ रहेको थियो । योग्य संस्थापक लगानीकर्ताले पाएको मूल्यमा १० प्रतिशत कममा मुल्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिएको छ । यो कम्पनी बुकबिल्डिंग विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi